२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग डोनाल्ड लु को भेट, आपसी सहयोगका बारेमा छलफल



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री शेर बहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भेट गर्नु भएको छ ।

भेटका अवसरमा उहाँहरुबीच नेपाल अमेरिकाबीच रहेको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने तथा दुई देशबीचको सहयोगका विविध पक्षमा कुराकानी भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

आजै सहायक विदेशमन्त्री लू ले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नु भएको थियो । दुई नेताबीच विकास साझेदारी, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड खोप सहयोगका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा अमेरिकाले निरन्तर प्रदान गरिआएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

Image

सहायक मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउनुभएको हो ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Image

दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उहाँले यस क्षेत्रको भ्रमण गर्नुभएको हो ।