१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

डोनाल्ड लु को ट्वीटः ३० वर्षअघि नेपाल घुम्दाको त्यो सम्झना…

डोनाल्ड लु को ट्वीटः ३० वर्षअघि नेपाल घुम्दाको त्यो सम्झना…
फाईल फोटो
अ अ+ अ-

नेपाल भ्रमणमा अचानक आइपुगेका दक्षिण एवं मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु फेरि राजनीतिक वृत्तमा चर्चामा छन् । खासगरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को विषयले राजनीति तातिएको बेलामा लु ले आफू ३० वर्षअघि नेपाल घुम्न आएको र त्यसैबेला एक युवतीसँग प्रममा परेको रोचक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकी दूतावासको ट्वीट मार्फत सार्वजनिक गरिएको त्यस भिडियोमा सहायक मन्त्री लु ले नेपाल अत्यन्त आकर्षक गन्तव्य मुलुक रहेको तथा एक युवतीसँग नेपाल घुमाईकै क्रममा प्रेम बसेको र पछि विवाह पनि भएको बताएका छन् ।

भिडियोमा उनले आफू सन् १९९३ मा पहिलो पटक नेपाल आएको बताएका छन् । अमेरिकी कुटनीतिक सेवा अन्तर्गत पाकिस्तानमा पोस्टिङ भएका लु घुमघामका लागि भारतको दार्जिलिङ हुँदै नेपाल आएका थिए ।

उनी भन्छन्, ‘भारतको सीमा काटेर आएपछि हामी सार्वजनिक बसमा चढ्यौं। त्यतिबेला म एकजना केटी साथीसँग आएको थिएँ। नेपाल आउँदासम्म हामी डेटिङ गइसकेका थिएनौं । बस चढेर हामी जनकपुर, सौराहा गयौं। बाँकी नेपाल घुम्दाघुम्दै हाम्रो माया बस्यो। अहिले हामी पति पत्नी भएका छौं।’

‘१९९३ मा आउँदा मलाई नेपाल निकै धनी लागेको थियो। कला, संस्कृति, प्राकृतिक सम्पदाले नेपाल निकै धनी छ। यो धेरै सम्भावना भएको देश हो भन्ने मलाई लाग्छ,’ उनले अगाडि भनेका छन् ।

‘‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो किनकी म पहिलो पटक प्रेममा परेको यहीँ हो,’ लुले भनेका छन्।

https://twitter.com/USEmbassyNepal/status/1552933850229112832?s=20&t=G02oSMMY_ctI9y3kagvkog