५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकार विदेशीले चलाएको उपाध्यक्ष पौडेलको आरोप



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको उहाँको दाबी छ ।

यस्तै पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले सरकारले ल्याएको बजेट र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको प्रस्ट भएको बताउनुभयो ।

बजेट वक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियता र विश्वास गुम्दै गएको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।