२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता



अ+ अ-

काठमाडौंः परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपाल भ्रमणका रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गर्नु भएको छ । उहाँहरुबीच परराष्ट्र मन्त्रालयमा भएको छलफलमा नेपाल अमेरिका सम्बन्ध, विकास साझेदारी, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड खोप सहयोगका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउनुभएको हो ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उहाँले यस क्षेत्रको भ्रमण गर्नुभएको हो । सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आजै भेटघाट गर्नु हुनेछ ।

सहायक विदेशमन्त्री लु काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने छ ।

अमेरिकाले अघि बढाएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का बारेमा नेपालभित्र विवाद भइरहेका बेलामा लु को भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी परराष्ट्र मन्त्री डा नारायण खड्काले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्दै एसपीपी सहयोग स्वीकार नगर्ने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जानकारी गराउनु भएको छ ।