७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको छुः सांसद महत



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताउनु भयो । शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुप¥यो । एम अधिकारीका थरका मान्छेले नखोजेपनि, त्यो पार्टीका मान्छेले नखोजेपनि, यो सदनले नखोजेपनि एउटा सांसदको नाताले त मैले खोज्नैप¥यो भनेर म खोज्न रात, दिन लागेँ । मैले प्रमाण पनि भेट्टाएँ । एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ । सबै हेरेँ ।

अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ । एम भनेको मनि रैछ । एम बाट मनि, मनि भनेको पैसा । ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले । को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन् ।

गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ । त्यसैले समिति त बनेन तर म आफैँ एक्लै, म त्यो थरको मान्छे पनि होइन । तरपनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु । त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडी बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’