१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव
अ अ+ अ-

दमक । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो ।

इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । 

आदिवासी सङ्ग्रहालय  अलपत्र

नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आदिवासी सङ्ग्रहालय निर्माण  अलपत्र बनेको छ ।

महासङ्घले दमक नगरपालिका–८ बालुवाटार क्षेत्रमा रहेको नौ कट्ठा जमिनमा पाँच वर्षदेखि सङ्ग्रहालय निर्माण थालिए पनि बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बन्न पुगेको हो । 

महासङ्घले स्थानीय तथा नगरपालिकासँग सहयोग जुटाएर जग्गाको व्यवस्थापन गरेको थियो । तर जग्गा प्राप्तिसँगै प्रारम्भिक चरणका काम सुरु भए पनि बजेटसँगै नामकरण विवादले निर्माणाधीन योजना अलपत्र बन्न पुगेको आदिवासी अगुवाले बताएका छन् । 
    
नगरपालिकाले एकतर्फी रुपमा सङ्ग्रहालयलाई दुई वर्षअघि ‘बहुजातीय सङ्ग्रहालय’ नामकरण गरी भाँजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।

महासङ्घ झापा जिल्ला समन्वय परिषद्का पूर्वाध्यक्ष पारशमणि राईले महासङ्घले सुरु गरेको कामले सुरुआत हुनै नपाउँदा नगरपालिकाले त्यसमा भाँजो हाल्ने काम शुरु गरेको आरोप लगाउनुभयो । आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासङ्घले सङ्ग्रहालय बनाउने लक्ष्य राखेर काम सुरुआत गरिए पनि नगरपालिकाले भाँजो गरेर काम प्रभावित बनाएको उहाँको भनाइ छ । 

दमक नगरपालिकाले दमक –९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघि नै परिवर्तन गरी दमक सभागृह बनाएको छ । त्यहाँ स्थानीयवासीले उपलब्ध गराएको करिब एक बिघा जमिनमा पाँच वर्षदेखि प्रदेशकै गौरवका रुपमा सभागृह निर्माणाधीन अवस्थामा छ ।

निर्माणको आधा काम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो । सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आए पनि नगरपालिकाले त्यसबारे बेखबर बनेको छ । 

जनता समाजवादी झापाका अध्यक्ष दीपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावनामाथि खेलबाड गर्न उद्यत भएको आरोप लगाउँदै आदिवासी जनजातिको पहिचानमाथि आक्रमण गर्ने, बलजफ्ती गर्ने कार्य कसैले गर्नु नहुने बताउनुभयो  । 

मोबाइल व्यवसायीले गरे रक्तदान

दमक मोबाइल व्यवसायी सङ्घले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित रक्तदानमा ५० युनिट रगत सङ्कलन भएको छ । 

स्थानीय गणतन्त्र चौकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक होमनाथ सापकोटाले जानकारी दिनुभयो । बिरामीलाई रगतको अभाव हुन नदिन सङ्घले बर्सेनि आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिआएको अध्यक्ष भेनस श्रेष्ठले बताउनुभयो । रक्तदानमा सहभागीलाई प्रशंसापत्रसमेत वितरण गरियो ।

यसैगरी स्थापना दिवसकै अवसरमा आज नै दमक–४ स्थित ताराबारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामग्री हस्तान्तरण गरिएको थियो ।