• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव



दमक । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो ।

इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । 

आदिवासी सङ्ग्रहालय  अलपत्र

नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आदिवासी सङ्ग्रहालय निर्माण  अलपत्र बनेको छ ।

महासङ्घले दमक नगरपालिका–८ बालुवाटार क्षेत्रमा रहेको नौ कट्ठा जमिनमा पाँच वर्षदेखि सङ्ग्रहालय निर्माण थालिए पनि बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बन्न पुगेको हो । 

महासङ्घले स्थानीय तथा नगरपालिकासँग सहयोग जुटाएर जग्गाको व्यवस्थापन गरेको थियो । तर जग्गा प्राप्तिसँगै प्रारम्भिक चरणका काम सुरु भए पनि बजेटसँगै नामकरण विवादले निर्माणाधीन योजना अलपत्र बन्न पुगेको आदिवासी अगुवाले बताएका छन् । 
    
नगरपालिकाले एकतर्फी रुपमा सङ्ग्रहालयलाई दुई वर्षअघि ‘बहुजातीय सङ्ग्रहालय’ नामकरण गरी भाँजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।

महासङ्घ झापा जिल्ला समन्वय परिषद्का पूर्वाध्यक्ष पारशमणि राईले महासङ्घले सुरु गरेको कामले सुरुआत हुनै नपाउँदा नगरपालिकाले त्यसमा भाँजो हाल्ने काम शुरु गरेको आरोप लगाउनुभयो । आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासङ्घले सङ्ग्रहालय बनाउने लक्ष्य राखेर काम सुरुआत गरिए पनि नगरपालिकाले भाँजो गरेर काम प्रभावित बनाएको उहाँको भनाइ छ । 

दमक नगरपालिकाले दमक –९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघि नै परिवर्तन गरी दमक सभागृह बनाएको छ । त्यहाँ स्थानीयवासीले उपलब्ध गराएको करिब एक बिघा जमिनमा पाँच वर्षदेखि प्रदेशकै गौरवका रुपमा सभागृह निर्माणाधीन अवस्थामा छ ।

निर्माणको आधा काम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो । सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आए पनि नगरपालिकाले त्यसबारे बेखबर बनेको छ । 

जनता समाजवादी झापाका अध्यक्ष दीपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावनामाथि खेलबाड गर्न उद्यत भएको आरोप लगाउँदै आदिवासी जनजातिको पहिचानमाथि आक्रमण गर्ने, बलजफ्ती गर्ने कार्य कसैले गर्नु नहुने बताउनुभयो  । 

मोबाइल व्यवसायीले गरे रक्तदान

दमक मोबाइल व्यवसायी सङ्घले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित रक्तदानमा ५० युनिट रगत सङ्कलन भएको छ । 

स्थानीय गणतन्त्र चौकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक होमनाथ सापकोटाले जानकारी दिनुभयो । बिरामीलाई रगतको अभाव हुन नदिन सङ्घले बर्सेनि आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिआएको अध्यक्ष भेनस श्रेष्ठले बताउनुभयो । रक्तदानमा सहभागीलाई प्रशंसापत्रसमेत वितरण गरियो ।

यसैगरी स्थापना दिवसकै अवसरमा आज नै दमक–४ स्थित ताराबारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामग्री हस्तान्तरण गरिएको थियो ।