१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति



अ+ अ-

काठमाडौं । नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् ।

भारतीय सेनाको मुख्यालय नयाँदिल्लीमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

श्रेष्ठ भारतीय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन । उनले भारतको इन्दोरस्थित माउ, पुने, देहरादुन र सिम्लामा रहेको भारतीय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण गरेका छन् ।

भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरू तालिम गरिरहेका छन् ।