२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति



अ+ अ-

काठमाडौं । नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् ।

भारतीय सेनाको मुख्यालय नयाँदिल्लीमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

श्रेष्ठ भारतीय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन । उनले भारतको इन्दोरस्थित माउ, पुने, देहरादुन र सिम्लामा रहेको भारतीय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण गरेका छन् ।

भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरू तालिम गरिरहेका छन् ।