५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रकरण: संसदीय छानबिन समितिले संसद् बैठककै बीच सभामुखलाई प्रतिवेदन बुझाउने



अ+ अ-

काठमाडौँ । बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले आज प्रतिनिधिसभाको बैठकका बीचमै सभामुखसमक्ष प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन बैठक चल्दै गर्दा अपराह्न २ बजे बुझाइने बताइएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार आज करिब २ बजे प्रतिवेदन बुझाउने तयारी भएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको भनी सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सो सम्बन्धमा संसद्मा बारम्बार शर्माले राजीनामा दिनुपर्ने तथा छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको थियो ।

त्यसपछि गठित संसदीय छानबिन समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिवद्वय, अन्य अधिकारी र सोसम्बन्धी समाचार प्रकाशित गर्ने दुई पत्रकारसँग सोधपुछ गरेको थियो । साथै बजेट निर्माण प्रक्रियाका बेला अर्थमन्त्रालयको सिसीटीभी फुटेजको पनि ‘रिकभर’ गरी अध्ययन गरेको थियो । छानबिनमा समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । सोही सम्बन्धी प्रतिवेदन समितिले आज सभामुखसमक्ष बुझाउन लागेको हो ।