२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रकरण: संसदीय छानबिन समितिले संसद् बैठककै बीच सभामुखलाई प्रतिवेदन बुझाउने



अ+ अ-

काठमाडौँ । बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले आज प्रतिनिधिसभाको बैठकका बीचमै सभामुखसमक्ष प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन बैठक चल्दै गर्दा अपराह्न २ बजे बुझाइने बताइएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार आज करिब २ बजे प्रतिवेदन बुझाउने तयारी भएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको भनी सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सो सम्बन्धमा संसद्मा बारम्बार शर्माले राजीनामा दिनुपर्ने तथा छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको थियो ।

त्यसपछि गठित संसदीय छानबिन समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिवद्वय, अन्य अधिकारी र सोसम्बन्धी समाचार प्रकाशित गर्ने दुई पत्रकारसँग सोधपुछ गरेको थियो । साथै बजेट निर्माण प्रक्रियाका बेला अर्थमन्त्रालयको सिसीटीभी फुटेजको पनि ‘रिकभर’ गरी अध्ययन गरेको थियो । छानबिनमा समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । सोही सम्बन्धी प्रतिवेदन समितिले आज सभामुखसमक्ष बुझाउन लागेको हो ।