काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुने भएको छ । ओलीले दायर गरेको रिट न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ ।
एमालेले साधारण सदस्यबाट हटाएका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एकिकृत समाजबादीएसलाई दलको मान्यता दिएको भन्दै ओलीले निर्णय खारेजीको माग सहित निर्बाचन आयोग र सभामुख बिरुद्ध रिट दर्ता गराउनु भएको थियो ।
गत बुधबार दायर गरिएको रिटमा ओलीले सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको उल्लेख गर्दे कारबाही गरिएकाहरुको सासंद पद खारेजीको माग समेत गर्नुभएको छ ।