२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग र सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुने भएको छ । ओलीले दायर गरेको रिट  न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ ।

एमालेले साधारण सदस्यबाट हटाएका  ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एकिकृत समाजबादीएसलाई दलको मान्यता दिएको भन्दै ओलीले निर्णय खारेजीको माग सहित निर्बाचन  आयोग र सभामुख बिरुद्ध रिट दर्ता गराउनु भएको थियो ।

गत बुधबार दायर गरिएको रिटमा ओलीले  सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको उल्लेख गर्दे कारबाही गरिएकाहरुको सासंद पद खारेजीको माग समेत गर्नुभएको छ ।