१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित बैठकहरुको समय तालिका फेरियो (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ मा जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर भएको हो ।

बैठक हेरफेर भएसँगै प्रदेश नम्बर १ को २६ गते बैठक बस्ने भएको छ भने मधेसको बैठक २ गतेलाई सारिएको छ । त्यसैगरी , लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको वैठक ४ गते बस्ने भएको छ ।

यस्तै, प्रवासको बैठक ६ गतेलाई, विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते हुने भएको छ ।

पार्टी स्थायी कमिटीको वैठक भने १५ गते बस्ने भएको छ । बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।