• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै 

मधेश प्रदेशका राज्यमन्त्री यादब पार्टी कार्यलयमा कार्यकर्ताबाट कुटिए !



काठमाडौं । जनता समाजबादी पार्टी (जसपा) का नेता एबं मधेश प्रदेशका राज्यमन्त्री योगेन्द्रराय यादव कार्यकर्ताबाट कुटिएका छन् ।

श्रावण ९ गते सोमबार दिउसो साढे दुई बजे पार्टीकार्यालय बालकुमारी पुगेका राज्यमन्त्री यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव को बारेमा नानाथरी टिप्पणी गरेपछि जसपा पार्टी संगै आबद्ध रहेको नेपाल ईन्जिनियरिंग समाजका केन्द्रीय सह–अध्यक्ष ई संजिव नारायण यादवले झापड हानेका थिए ।

राज्य मन्त्री यादवले गत स्थानिय निर्वाचनमा  अध्यक्षले सहयाेग नगरेकाे ,प्रचार प्रसार नगरेकोले पार्टीको हार भएको र आफुलाई जानीजानी चुनाव हार्ने ठाउंबाट टिकट दिएको आरोप लगाएका थिए ।

अध्यक्ष यादब माथी निरन्तर गाली गलौज गरेपछि ई यादब र राज्यमन्त्री बीच भनाभन भएको थियो । भनाभन उग्र हुदै गएपछि उहाँहरु बीच कुटाकुट भएको थियो । उहाँहरु कुटाकुट भएको पल्लो कोठमा बसेका पार्टी अध्यक्षका स्वकिय सचिव सुभाष यादवले छुट्याएका थिए ।