३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ चिन्ह आखाँ



file photo
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । पार्टीको चिन्ह भने आखाँ रहेको छ ।

भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी घोषणा गरेको हो ।

अद्यावधिक भएको पार्टी नै अब डा.बाबुराम भट्टराईको नेतृत्वमा रहने बताइएको छ ।

भट्टराई समूहका एक नेताका अनुसार निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको हो ।

सोही चिह्न यसअघि कुनैबेला भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।