१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

राष्ट्रियसभाको शुन्य समयमा बोल्दै सांसदहरु, कस्ले के भने?

राष्ट्रियसभाको शुन्य समयमा बोल्दै सांसदहरु, कस्ले के भने?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन । भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन । सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन अस्तव्यस्त पुलहरुको कारण दाङ घोराही मृत्युमार्ग बनिरहेको छ । दंगालीले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ? सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

त्यस्तै खिमलाल देवकोटाले फेवाताल परिवरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभयो । उहाँले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् । यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराईयोस् । तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ«े र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’

सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले कोभिड १९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नुभयो – ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो रु एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो रु म सरकारबाट स्पष्ट जवाफ चाहन्छु । कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’

सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सकार समक्ष माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘यतिबेला सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटिय क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको छ । त्यहाँका जनताले वर्षातको समयमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस क्षेत्रको वस्तुगत अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिनको लागि सभा अध्यक्षमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद प्रकाश पन्थले एसईई परीक्षामा विद्यालयले मूल्यांकन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जनाले मात्रै ल्याएको भन्दै बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक हो भन्नेमा छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरुलाई सरकारले अध्ययन बाहेक के अवसर दिने भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो – ‘विद्यालयले मूल्यांकन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिदाँ ४२ जना मात्रै भए । किन यस्तो भयो रु कहाँ, किन र कसरी यो फरक परेको हो रु ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस् । राम्रो जिपिए र ग्रेड ल्याउनेहरुलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग रु बेरोजगार बढाउने हो कि रु पासपोर्ट थमाउने हो कि रु सिप, तालिम, प्रविधि के छ रु शिक्षा मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद महेशकुमार महराले राहदानी विभागमा पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था रहेको भन्दै सो अवस्था तत्काल रोक्न माग गर्नुभयो । बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘राहदानी विभागमा धेरै टाढाबाट इर्मजेन्सी पासपोर्ट बनाउन आउँछन् । उनीहरुलाई सहजै उपलब्ध हुन सकेको छैन । बीचका दलालहरुले ३ हजारदेखि ६ हजारसम्म पैसा खाएर हामी गर्छौं भनेर कर्मचारी सेटिङमा भइरहेको छ । यो तत्काल रोकेर ती दलालहरु को हुन् र त्यो कर्मचारीको सेटिङ हो भने तत्काल कारबाही गरेर सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउनको निमित्त म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो । उहाँले सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरुमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाई परिराखेको छ । राजश्व संकलनमा समेत प्रभाव परेको छ । दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुन गइरराखेको छ । उक्त सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस् ।’ उहाँले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।