• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी

राष्ट्रियसभाको शुन्य समयमा बोल्दै सांसदहरु, कस्ले के भने?



काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन । भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन । सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन अस्तव्यस्त पुलहरुको कारण दाङ घोराही मृत्युमार्ग बनिरहेको छ । दंगालीले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ? सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

त्यस्तै खिमलाल देवकोटाले फेवाताल परिवरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभयो । उहाँले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् । यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराईयोस् । तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ«े र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’

सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले कोभिड १९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नुभयो – ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो रु एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो रु म सरकारबाट स्पष्ट जवाफ चाहन्छु । कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’

सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सकार समक्ष माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘यतिबेला सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटिय क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको छ । त्यहाँका जनताले वर्षातको समयमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस क्षेत्रको वस्तुगत अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिनको लागि सभा अध्यक्षमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद प्रकाश पन्थले एसईई परीक्षामा विद्यालयले मूल्यांकन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जनाले मात्रै ल्याएको भन्दै बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक हो भन्नेमा छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरुलाई सरकारले अध्ययन बाहेक के अवसर दिने भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो – ‘विद्यालयले मूल्यांकन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिदाँ ४२ जना मात्रै भए । किन यस्तो भयो रु कहाँ, किन र कसरी यो फरक परेको हो रु ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस् । राम्रो जिपिए र ग्रेड ल्याउनेहरुलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग रु बेरोजगार बढाउने हो कि रु पासपोर्ट थमाउने हो कि रु सिप, तालिम, प्रविधि के छ रु शिक्षा मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद महेशकुमार महराले राहदानी विभागमा पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था रहेको भन्दै सो अवस्था तत्काल रोक्न माग गर्नुभयो । बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘राहदानी विभागमा धेरै टाढाबाट इर्मजेन्सी पासपोर्ट बनाउन आउँछन् । उनीहरुलाई सहजै उपलब्ध हुन सकेको छैन । बीचका दलालहरुले ३ हजारदेखि ६ हजारसम्म पैसा खाएर हामी गर्छौं भनेर कर्मचारी सेटिङमा भइरहेको छ । यो तत्काल रोकेर ती दलालहरु को हुन् र त्यो कर्मचारीको सेटिङ हो भने तत्काल कारबाही गरेर सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउनको निमित्त म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो । उहाँले सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरुमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाई परिराखेको छ । राजश्व संकलनमा समेत प्रभाव परेको छ । दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुन गइरराखेको छ । उक्त सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस् ।’ उहाँले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।