२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्ज नाकाबाट हुने र्नियातमा ५० प्रतिशत वृद्धि



अ+ अ-

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षमा रु ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत रु २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लोे आवको तुलनामा गत आवमा ४९दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो ।