५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिसडोलबासीले भदौबाट फोहोरका गाडी जान नदिने चेतावनी दिएका छन्ः मन्त्री चौधरी



file photo
अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताउनुभएको छ ।

बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताउनुभएको छ ।

उहाँले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताउनु भयो । उहाँले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उहाँले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताउनु भयो ।

उहाँले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताउनु भयो । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताउनु भयो । उहाँले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ । बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ । उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ । विद्यार्थीहरुमा पनि यसको असर परेको छ । आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ । यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजि गरौँ ।

यस्ता बञ्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो । आज हामी एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो श्रोतबाटपत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु । सिसडोल, बञ्चरे डाँडा देशभर बनाउने कुरा बन्द गरौँ । छोटो अवधिमै भएपनि ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा हामी छिराउँछौँ । आज सिसडोलका साथीहरुले यो पूरा नगरे भदौ १ गतेदेखि फोहोरका गाडी छिनै दिन्नौँ भनेर च्यालेन्ज दिनुभएको छ ।’

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताउनु भयो ।

मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गर्नुभयो । उहाँले असार महिनाको प्रगतिले शहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको छ । मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । यसबाट अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको छ ।’

मन्त्री चौधरीले जाने बेला रुने हास्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभइ मुलुकलाई नै हसाएर जाने बताउनु भयो । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० कि.मि. सम्मको माइक्रो रेल अर्थात स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताउनु भयो ।