• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै



काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

उहाँ बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार गरेको केही सातापछि उहाँले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएको थियो ।

स्रोतका अनुसार उहाँ दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ । तर, अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन ।