१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रुस–युक्रेन युद्ध दोस्रो दिनमा प्रवेश

रुस–युक्रेन युद्ध दोस्रो दिनमा प्रवेश
अ अ+ अ-

किभ । रूसी सेनाले पूर्ण मात्रामा आक्रमण गरेपछि शुक्रबार बिहान युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको छ । रुसी सेनाको आक्रमणमा पहिलो दिन बिहीबार कम्तिमा १३७ युक्रेनीको मृत्यु भएको थियो।

युद्धको दोस्रो दिनमा प्रवेश गर्दा किभमा भएको आक्रमणलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सरकारलाई ध्वस्त पार्ने र त्यसको स्थानमा आफ्नै शासन स्थापना गर्ने निर्लज्ज प्रयास भएको पश्चिमी अधिकारीहरूले आशङ्का गरेका छन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने ‘भयानक रकेट हमला’का लागि रूसको निन्दा गर्नुभयो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार रूसी ‘सबोटाज समूहहरू’ किभमा प्रवेश गरेको भन्दै आफ्ना नागरिकहरूलाई सतर्क रहन आग्रह गर्नुभयो ।

जेलेन्स्कीले स्थानीय समयअनुसार शुक्रबार बिहान सबेरै एक सामान्य परिचालनको घोषणा गर्नुभयो र आक्रमणकारी रुसी सेनाहरूसँग लड्न राष्ट्रव्यापी सेना र रिजर्भिस्टहरूलाई बोलाउनुभयो।

उहाँले युद्धको पहिलो दिनमा सेना र नागरिक गरी १३७ युक्रेनी मारिएको र ३१६ घाइते भएको जानकारी दिनुभयो ।

रुसी सेनाले बिहीबार युक्रेनी सेनामाथि देशभरका सैन्य प्रतिष्ठानहरू नियन्त्रण गर्नका लागि आक्रमण गरे ।

रुसी सेनाले युक्रेनमा ११ एयरफिल्डसहित ७४ सैन्य सुविधा नष्ट गरेको दावी गरेको छ । एक युक्रेनी अधिकारीका अनुसार रुसी सेनाले किभबाट ९० किलोमिटर उत्तरमा रहेको चेर्नोबिल पूर्वआणविक उर्जा केन्द्र कब्जा गरेको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘नयाँ फलामको पर्दा’ ले रूसलाई बाँकी संसारबाट अलग गरेको भन्दै आक्रमणको प्रतिरोध गर्ने वाचा गरेका छन्। एजेन्सीको सहयोगमा