२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छः राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधवार काठमाडौंमा बढ्दो महंगीबिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीबिरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर बिरोध प्रदर्शन गरेको थियो ।

काठमाडौंको भृकुटीमण्डप, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ । बिरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट शुरु गरेको बताउनु भयो । उहाँले संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा सरकारले गरेको महंगीको बिरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ । हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाई भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहलिो हप्तामा शुरु गर्नेछौँ ।’

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारबिरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पु¥याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

यो पनिः महँगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै राप्रपाका महिलाहरुले गरे प्रदर्शन (तस्बिरसहित)