१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै राप्रपाका महिलाहरुले गरे प्रदर्शन (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको छ ।

मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकलगायतको विरोध गर्दै सो संगठनले भृकुटीमण्डपदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रम घोषणा गरेको थियो ।

भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न बनाउन राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रुपमा ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।