६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ ।

रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ । विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस०)एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो । राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै विसं २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ ।

राससका संस्थापकमा नेपाल सरकारका तर्फबाट अध्यक्ष रामराज पौडेल र सदस्यद्वयमा नेससका तर्फबाट गोविन्द वियोगी र सससका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापक हुनुहुन्थ्यो ।

हाल राससका सातै प्रदेशका राजधानीमा कार्यालय छन् भने अन्य जिल्लामा गरी १९ कार्यालय रहेका छन् । राससमा दरबन्दीमा कार्यरत १६५ पत्रकार तथा कर्मचारी र देश विदेशमा गरी १५० स्थानीय समाचारदाताबाट हरेक दिन बिहान ६ देखि राति १०ः३० बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्वीर, श्रव्यदृश्यलगायतका सेवा प्रवाह गर्दै आएको छ । राससले पिटिआई (भारत), सिन्ह्वा (चीन), एपी (संयुक्त राज्य अमेरिका), एएफपी (फ्रान्स)जस्ता मुख्य अन्तर्राष्ट्रिय समाचार संस्थाबाट समाचार प्राप्त गरी नेपालका आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ ।

राससले मूलधारका सबैजसो पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरूलाई समाचार सेवा प्रदान गर्दै आएको छ । रासस