६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी निर्णय- एमसिसी पास नगर्ने तर गठबन्धन बचाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणा कायमै राख्दै सत्ता गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज बिहान बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा एमसीसीका बारेमा पार्टीको सैद्धान्तिक धारणा कायमै राख्ने र गठबन्धन बचाउन अन्तिम कसरत गर्ने समझदारी भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै संसद्मा प्रस्तुत भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।