१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गर्नुभयो । धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल विच्छ््याएको थियो ।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउनुहुन्छ । यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उहाँले जानकारी गराउनुभयो ।

अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ । समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युत्को लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ । वर्षाद्मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उहाँले सुनाउनुभयो ।