२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश अधोगतितर्फ जानुको कारण गलत तथ्यांक हुनसक्ने: मिनबहादुर विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रश्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताउनुभएको हो । उहाँले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनु भयो । सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताउनु भयो । उहाँले सामाजिक बनावटलाई पहिचानका लागि प्रश्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठीक तथ्यांक भयो भने हामी ठीक बाटोमा जानसक्छौँ । गलत तथ्यांकले गलत नै बाटो देखाउँछ । हाम्रो देश अहिले अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन भन्ने प्रश्न उठेको छ । हामीकहाँ राष्ट्रिय परिचयपत्र बन्दैछ । त्यसमा सामाजिक बनावटलाई पहिचानका लागि प्रश्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरु विगतमा लामो समयको शोषण, अन्याय, अत्याचार, विभेदका कारण अपमानित भएका थरहरुलाई राष्ट्रिय परिचयपत्रमा राखिदिएकोमा यो समुदायको ठूलो आपत्ति छ । दमाई राखिएको छ, शब्दकोषमा जाँदा कपडा सिलाउने जातीलाई दमाई भनिन्छ भनिएको छ । तर दमाई होइन, यो परियार जाती हो । कामी भनेर राखिएको छ, फलामको काम गर्नेलाई कामी भनिएको छ, तर विश्वकर्मा हो कामी होइन । सबैले फलामको काम गर्दैनन् । राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक भएको हुनाले यस्ता मिथ्यांकहरुलाई हटाउने बन्दोबस्त यो ऐनले गर्नेछ र यस्ता तथ्यांक छन् भने अध्यावधिक गरेर हामी अघि जानुपर्छ । सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्छ ।’

सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।