२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो प्यासफिक कमान्ड सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबारे माओवादीको आपत्ति (भिडियो)



अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकोमा सत्तारुढदल नेकपा माओबादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद अञ्जना बिशखे र अमृता थापाले नेपालको असग्लन परराष्ट्रनीति बिपरित सम्मेलनमा भाग लिन गएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकार संग माग गर्नुभयो ।

प्रधानसेनापति शर्मा गत शनिबार अष्ट्रेलिया जानु भएको छ । एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ ।

उक्त सम्मेलन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा भै रहेको छ । सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।