६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त



अ+ अ-

काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँसंग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नेपाल फर्केपछि उहाँ एक सफल उद्यमी बन्न सफल हुनुभयो । उहाँले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्नुभयो । उहाँ यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत हुनुहुन्थ्यो । उहाँले कम्प्युटर विज्ञान र गणितमा स्नातक गर्नुभएको छ ।

एफवान सफ्टमा आवद्ध भएसँगै उहाँले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।