२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला



अ+ अ-

आर्थिक वर्ष ०७८/०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ ।

जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ।

देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिको छ।

देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ।

शायद् यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बाँकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !

संविधानविद डा.भीमार्जुन आचार्यको फेसबुकबाट