२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बिरोध जनाउने युवाहरु रिहा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा भएका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउने सोम शर्मा ,बिप्लव खड्का, अर्जुन पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।

अभियन्ता राजानन्द माण्डव्यका अनुसार राष्ट्रघाती कदमको बिरोध गरेर  दुई दिन देखि हिरासतमा रहेका योद्धाहरुलाई ,नागरिकको व्यापक जनदबाब पछि अहिले रिहा गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई मालिगाउँ प्रहरी बृत्तमा राखिएको थियो ।