२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएको छ । सोमवार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवको बिरुद्धमा नाराबाजी गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गर्, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद लगायतका नारा लगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भुमिका अतुलनीय रहेको बताउनु भयो ।

उहाँले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भुमिकाको प्रशंसा गरेर नसकिने बताउनु भयो । ब्रिटिश साम्राज्यताका दक्षिण एशियाली मुलुकलाई एक हुन आग्रह गर्नुभएको र दक्षिण एशियामा नै एक उदाहरण भएर प्रसिद्धी कमाउनुभएको व्यक्तिको रुपमा भीमसेन थापालाई स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘उच्चकोटी, उच्च व्यक्ति भएर देशको राष्ट्रियता र सार्वभौमिकतालाई बलियो बनाउन क्रियाशील भएर लाग्नुभएको थियो । पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन उहाँले उल्लेखनिय भुमिका खेल्नुभयो । राष्ट्र र राष्ट्रियताप्रतिको उहाँको अडानले उहाँको शासनकालमा नेपालले ठूलो मूल्य चुकाउनपर्यो तरपनि भीमसेन थापाले राष्ट्रवादी अडानका कारण नेपाल तटस्थ मुलुकका रुपमा रहन सफल भयो । त्यसबेला भीमसेन थापाले सर्वाधिकार शक्तिको बिरुद्ध एशियाली राष्ट्रहरुलाई एक हुन आग्रह गरेकोसमेत पाइन्छ । त्यसरी नेपालमा भीमसेन थापाले राष्ट्रवादी भएर दक्षिण एशियामा नै एक उदाहरण भएर प्रसिद्ध रहनुभयो ।

नेपालको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षाका लागि उहाँले एक राष्ट्रवादी भुमिका निर्वाह गर्नुभएको छ । भक्ति थापा र भीमसेन थापाजस्ता वीरहरुको विषयमा हामीले अझ बढी अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता देखिन्छ । उहाँहरुले गरेको योगदानलाई नयाँ पिढीमा पुर्याउनु, उहाँहरुको बारेमा अनुसन्धान गरेर जानकारी दिन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्वपूर्ण आर्थिक सुधारका कार्यहरु गर्नुभएको उल्लेख गर्नुभयो ।