१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कला, संस्कृति र साहित्यबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः रामहरि खतिवडा

कला, संस्कृति र साहित्यबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः रामहरि खतिवडा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाललाई कला, संस्कृति र साहित्यको माध्यमबाट विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खतिवडाले नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट नभइ कला, संस्कृति र साहित्यबाट भएको बताउनु भयो । उहाँले अहिले नेपालमा रातभरको सेटिङ र मिटिङका आधारमा देश चल्ने भन्दै यस्तो प्रवृतिलाई हटाउन आवश्यक रहेको बताउनु भयो ।

नेता खतिवडाले अहिले एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्न लागिपर्नुको कारण विद्यालयमा तहमा सिकाइएका इतिहासको परिणाम भएको बताउनु भयो । उहाँले विद्यालय तहमा राणाहरुले एकले अर्कोलाई सकेर आफू शक्तिमा गएको इतिहासहरु पढाइएको र त्यसबाट नराम्रो ज्ञानमात्रै लिँदा यो परिणाम देखिएको बताउनु भयो । उहाँले इतिहासबाट राम्रा कुरा सिकेर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पनि एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्नमा लागेका छौँ । हामीले राणाको इतिहास पढ्यौं, कुनै इतिहास पढ्दा एउटाले अर्कोलाई नसकी कोही पनि शक्तिमा गएन । राम्रो काम गरेर होइन, अरुलाई सकेर । त्यो दिमागमा बसिरह्यो । अघि जाऔँ राम्रो गरेर भन्ने ज्ञान नराखि कसरी नराम्रो गरौँ र अघि बढौं भन्ने सोच आयो ।

नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भयो । त्यसको अन्त्य अब कला, संस्कृतको माध्यमबाट गर्नुपर्छ । वि.पि. कोईराला त्यत्तिकै वि.पि. कोईराला हुनुभएको होइन, उहाँमा सबै किसिमका ज्ञान थिए । कृष्णप्रसाद भट्टराईमा त्यस्तै ज्ञान थियो । अहिले त बेलुका एकछिन सँगै बसौँ न भन्ने बिहान सरुवा, बढुवामा जाऔँ न भनेर कहाँबाट मुलुकको विकास हुन्छ । नेपाललाई संस्कृतिप्रिय, सुन्दर नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट होइन, कला र संस्कृतिबाट हो । यसलाई अघि बढाऔँ ।’

नेता खतिवडाले नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भइरहेको बताउनु भयो ।