१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या
अ अ+ अ-

लमजुङ । यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी यतिबेला गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् ।

यहाँ वरिपरी अग्लो पर्खाल, पर्खालबाट सानो ढोकाभित्र छिरेपछि असरल्ल त्रिपालको बार अनि त्यहाँभित्र भूइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको स–साना र अँध्यारा कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मान्छे, नजिकै शौचालयबाट आइरहेको दुर्गन्ध । यो कष्टकर र अत्यास लाग्दो चित्र जिल्ला कारागारको हो ।

उनीहरुलाई कानुनअनुसारको सजाय भइरहेको भए पनि कानुनी मापदण्डको यहाँको कारागारको संरचना छैन । मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त छ । हाल यहाँ १०२ कैदीबन्दी रहेका छन् ।

पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वभाविक रुपमै यी समस्या रहेको अड्कल गर्न सकिन्छ । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसो याम होस् वा गर्मी याम यहाँ उनीहरु बाह्ैमहिना दिनरात समस्याले गर्दा चिन्तामै हुने गरेका छन् ।

पाँच वर्षदेखि जबरर्जस्ती करणी मुद्दामा कैद सजाय भोग्दै आएको चौकीदार नवीन गुरुङले भन्नुभयो, “यहाँ साघुरो ठाउँ छ, त्यहीमाथि क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी छन्, यसले गर्दा खान बस्न, सुत्न त समस्या भइहाल्छ, त्यति मात्र होइन यतिबेला गर्मीको समय भएकाले धेरै जना कोचिएर सुत्नुपर्दा बढी गर्मी हुने गरेको छ, उडुस परेकोले उडुस मार्दै सुत्नु परेको छ ।”

तीन वटा शौचालय मात्र रहेकाले शौचालय जान पनि कति बेला पालो आउला भनेर पालो कुर्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका अनुसार वर्षा हुँदा पानी समेत रसाउने तथा भित्र छिर्ने गरेको छ । कारागारमा गर्मीको समयमा पङ्खासमेत पर्याप्त नहुँदा समस्या भइरहेको बताइएको छ ।

यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँकोतहीँ जीवत छ । यो कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सङ्ख्याका आधारमा कारागाराका लागि आठ रोपनीभन्दा बढी क्षेत्रफल आवश्यक पर्ने देखिए पनि सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ÷हुँदैन भनेर केही वर्षअघि नै माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो ।

कारागारका जेलर तारा तामाङले भन्नुभयो, “३५ जनाको क्षमताको कारगारमा उक्त सङ्ख्यामा हुँदा उनीहरुलाई विभिन्न समस्या भइरहेको छ, यो पुरानो संरचना हो, भौतिक संरचना निर्माण गर्न जरुरी छ, हामीले पहल गरिरहेका छौँ ।”

बेलाबेलामा उडुसको औषधि हाले पनि औषधिले उडुस नमर्दा समस्या भएको जिल्ला कारागारले जनाएको छ । कारागारका अनुसार यहाँ पहिलाभन्दा केही सहज भए पनि समस्या धेरै रहेको छ । कैदीबन्दीलाई मात्र नभइ यहाँ सुरक्षाकर्मीलाई समेत समस्या छ । कारागारको २ नम्बरको सुरक्षा पोष्ट भवनको पर्खाल नै भत्किएको छ । यहाँ जोखिम मोलेर नेपाल प्रहरीले डिउटी गर्ने गरेका छन् । यस कारागारमा रहेका कैदीबन्दीमा सुगर, दम, क्षयरोग लगायतका समस्या रहेको कारागारले जनाएको छ ।