• ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022
Logo
Latest
★   घरमा भगवानकाे तस्बिर लगाउँदा यी कुरामा ध्यान दिनुहोस् ★   नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछः गृहमन्त्री ★   उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने ★   तनहुँ–१ बाटै चुनाव लड्छु: वरिष्ठ नेता पौडेल ★   भक्तपुरको गाईजात्रा सम्पन्न ★   राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर) ★   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने ★   बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध ★   एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने ★   एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई

द्रौपदी मुर्मुले लिइन् भारतको राष्ट्रपतिको सपथ



नयाँदिल्लीः भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आज राष्ट्रपति पदको सपथ लिनु भएको छ । नयाँदिल्लीस्थित संसद भवनमा राष्ट्रपति मुर्मुले सपथ लिनु भएको हो । उहाँलाई भारतका प्रधान न्यायाधीश एनभी रमनले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

उहाँ भारतको पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएको हो । द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीले उम्मेदवार बनाएको थियो । उहाँको विपक्षमा वरिष्ट राजनीतिज्ञ यशवन्त सिन्हा उठ्नु भएको थियो ।

राष्ट्रपति पदको सपथ लिनु अघि मुर्मुले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । साथै उहाँले निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटघाट गर्नु भएको थियो ।

संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सभामुख, राज्यसभाका अध्यक्ष, उपराष्ट्रपति, मन्त्रीहरु, सांसदहरु, विभिन्न पार्टीका नेताहरु, समाजका गण्यमान्य व्यक्तिहरुको उपस्थिति थियो ।

सपथ लगत्तै मुर्मुले राष्ट्रपति भवन पुगेर पदभार ग्रहण गर्नु भएको थियो ।

सपथका अवसरमा सम्बोधन गर्दै उहाँले आफू सन् १९४५ मा भारत स्वतन्त्र भएपछि जन्मिएर पहिलो राष्ट्रपति बन्न सफल भएको बताउनुभयो । भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आफू राष्ट्रपति हुन पाएकामा आफूलाई गर्वको महशुस गरेको पनि बताउनुभयो ।

Image

Image

Image