९ श्रावण २०८३, शनिबार
,
Latest
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काईनेटिक ढुङ्गा जस्तो देखिने वस्तु सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा काईनेटिक ढुङ्गाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।