• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब



काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।

रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, रु ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, रु ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा रु ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, रु ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, रु सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।