३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी हमला र साइरनबीच एक जोडीको विवाह सम्पन्न



अ+ अ-

किभ । युक्रेनका एक जोडीले सुमधुर सङ्गीतको सट्टा हवाई आक्रमणको साइरनका बीच आफ्नो विवाह हुनेछ भनेर कहिल्यै सोचेको थिएन। रुसले बिहीबार युक्रेनमा हमला गरेपछि पूरै देशमा त्रास फैलिएको थियो ।

सबैजना आफ्नो ज्यान बचाउन दौडिए तर यारिना अरेवा र स्व्याटोस्लाभ फुरसिनले आकाशमा उडिरहेका विमानहरूका बीच एकअर्कासँग विवाह गर्ने निर्णय गरे।

किभको सेन्ट माइकल्स मठमा विवाह गरेकी अरेवाले सीएनएनलाई भनिन्, “यो धेरै डरलाग्दो थियो।” एयर अट्याक साइरनबीच बिहेपछि, अरेवाले भनिन्, “तपाईंको जीवनको सबैभन्दा खुशीको क्षण हो तर जब तपाईं बाहिर जानुहुन्छ तपाईंले यो सुन्नु हुन्छ।”

यो जोडीले विवाहका लागि मे ६ तारिख तय गरेका थिए । “खोला किनारमा रहेको रेष्टुरेन्टको टेरेसमा बसेर मनाउने सोचेका थियौँ”, उनले भनिन् ।

पुटिनले तोडे सुन्दर सपना 

२१ वर्षीया अरेवाको सपना उनको विवाहलाई सुन्दर बत्ती र आफ्नो पार्टनरसँग विशेष बनाउने थियो। तर बिहीबार पुटिनले रुसमाथि सैन्य कारबाहीको आदेश दिएपछि उनका सबै सपना चकनाचुर भए ।

त्यसको केही समयपछि बिहानैदेखि रुसी सेनाले पूर्वी युक्रेन र देशका विभिन्न भागमा मिसाइल प्रहार गर्न थालेको थियो। विस्तारै हमलाको आगो देशभर फैलिएको थियो, जसको ज्वाला आज दोस्रो दिन पनि राजधानी किभसम्म पुगेको देखिएको छ ।

मर्नुअघि एक हुने चाहना

यो जोडीको अक्टोबर २०१९ मा किभमा एक प्रदर्शनका क्रममा भेट भएको थियो। तनावको माहौलका बीच उनीहरुले विवाह गर्ने निर्णग गरेका थिए किनकी उनीहरुलाई आफ्नो भविष्य कस्तो हुन्छ र सँगै बस्न पाइने हो वा होइन भन्ने पनि थाहा छैन । 

अरेवाले अवस्था निकै अप्ठ्यारो भएको बताइन् । “हामी हाम्रो भूमिका लागि लड्नेछौँ। हामी मर्न सक्छौँ र यसैले हामी मर्नुअघि सँगै हुन चाहन्थ्यौँ”, उनले भनिन् । विवाहपछि दम्पती सेनालाई सहयोग गर्न स्थानीय रक्षा केन्द्र गएका थिए ।