१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी हमला र साइरनबीच एक जोडीको विवाह सम्पन्न



अ+ अ-

किभ । युक्रेनका एक जोडीले सुमधुर सङ्गीतको सट्टा हवाई आक्रमणको साइरनका बीच आफ्नो विवाह हुनेछ भनेर कहिल्यै सोचेको थिएन। रुसले बिहीबार युक्रेनमा हमला गरेपछि पूरै देशमा त्रास फैलिएको थियो ।

सबैजना आफ्नो ज्यान बचाउन दौडिए तर यारिना अरेवा र स्व्याटोस्लाभ फुरसिनले आकाशमा उडिरहेका विमानहरूका बीच एकअर्कासँग विवाह गर्ने निर्णय गरे।

किभको सेन्ट माइकल्स मठमा विवाह गरेकी अरेवाले सीएनएनलाई भनिन्, “यो धेरै डरलाग्दो थियो।” एयर अट्याक साइरनबीच बिहेपछि, अरेवाले भनिन्, “तपाईंको जीवनको सबैभन्दा खुशीको क्षण हो तर जब तपाईं बाहिर जानुहुन्छ तपाईंले यो सुन्नु हुन्छ।”

यो जोडीले विवाहका लागि मे ६ तारिख तय गरेका थिए । “खोला किनारमा रहेको रेष्टुरेन्टको टेरेसमा बसेर मनाउने सोचेका थियौँ”, उनले भनिन् ।

पुटिनले तोडे सुन्दर सपना 

२१ वर्षीया अरेवाको सपना उनको विवाहलाई सुन्दर बत्ती र आफ्नो पार्टनरसँग विशेष बनाउने थियो। तर बिहीबार पुटिनले रुसमाथि सैन्य कारबाहीको आदेश दिएपछि उनका सबै सपना चकनाचुर भए ।

त्यसको केही समयपछि बिहानैदेखि रुसी सेनाले पूर्वी युक्रेन र देशका विभिन्न भागमा मिसाइल प्रहार गर्न थालेको थियो। विस्तारै हमलाको आगो देशभर फैलिएको थियो, जसको ज्वाला आज दोस्रो दिन पनि राजधानी किभसम्म पुगेको देखिएको छ ।

मर्नुअघि एक हुने चाहना

यो जोडीको अक्टोबर २०१९ मा किभमा एक प्रदर्शनका क्रममा भेट भएको थियो। तनावको माहौलका बीच उनीहरुले विवाह गर्ने निर्णग गरेका थिए किनकी उनीहरुलाई आफ्नो भविष्य कस्तो हुन्छ र सँगै बस्न पाइने हो वा होइन भन्ने पनि थाहा छैन । 

अरेवाले अवस्था निकै अप्ठ्यारो भएको बताइन् । “हामी हाम्रो भूमिका लागि लड्नेछौँ। हामी मर्न सक्छौँ र यसैले हामी मर्नुअघि सँगै हुन चाहन्थ्यौँ”, उनले भनिन् । विवाहपछि दम्पती सेनालाई सहयोग गर्न स्थानीय रक्षा केन्द्र गएका थिए ।