४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गठबन्धनको गाँठागुठी नमिलेर हो चुनावको मिति तोक्न ढिलाइ भएको ?’ (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पण्डितले गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि या चुनाव नगराउने र गठबन्धन लामो समय टिकाउनका लागि हो । यो सरकार चुनाव गराउन आनाकानी गर्दै आएको छ ।’

समयमै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न उनले आग्रह समेत गरे ।

http://