२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर स्टारर ‘शमशेरा’को ओपनिङ फितलो



अ+ अ-

एजेन्सी । अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

यसैबीच ‘शमशेरा’ ले पहिलो दिन बक्स अफिसमा राम्रो कमाई गर्न असफल भएको छ ।

रिपोर्टका अनुसार १५० करोडभन्दा बढीको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा १०.२५ करोड मात्रै कलेक्सन गरेको छ । यो फिल्म विश्वभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो । यस्तै, फिल्मले भारतमा ४ हजार ३५० स्क्रिन पाएको भएपनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।

पहिलो दिनको खराब प्रदर्शनपछि फिल्मका धेरै शो विश्वभर रद्द गरिएको बताइएको छ । रणवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फर्किएका छन् । उनी पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा देखिएका थिए ।

यदि ‘शमशेरा’ ले १६५ करोडभन्दा बढीको अल टाइम व्यापार गर्छ भने यो फिल्म हिट मानिने छ । तर, ट्रेड विश्लेषकहरुले यो फिल्म बक्स अफिसमा फ्लप साबित हुने अनुमान गरेका छन् ।

करण मल्होत्राको निर्देशनमा बनेको यस फिल्ममा रणवीरका अलावा संजय दत्त, वाणी कपूर, रोनित रोय र सौरभ शुक्ला लगायतको अभिनय रहेको छ ।