१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

बागमतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा
अ अ+ अ-

बागमती । बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।

उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका  बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । सो संस्थाद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका  १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ ।   

यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले तोकेको कानुन विपरीत बालश्रम गरीरहेका बालबालिकाले  ठूलो जोखिम र भारी उठाउनु परेको, कामको पूरा पारश्रमिक नपाएको, राति–राति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

स्वतन्त्र अभियानद्वारा आज आयोजित प्रदेशमा बालश्रमको अवस्था र प्रदेशस्तरीय छलफलका सहभागीले गरिबी, आर्थिक अभाव, अशिक्षा र चेतनाको अभावले बालश्रम बढेको बताए । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेलले बालश्रम अन्त्य अत्यन्त चुनौती रहेको उल्लेख गर्दै बालश्रम अन्त्यसम्बन्धी ऐन कानुनको कार्यान्वयन र पालना भएमा मात्र बालश्रम हट्ने बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम न्यूनीकरणका लागि  समन्वय र नीतिनियम कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय निकायले यसमा विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम संस्थाकी सदस्य गोमा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । रासस