कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ ।
प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेपछि एमाले सानो दल भएको हो ।
सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आइतबार निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।
योसँगै अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ सांसद र एकीकृत समाजवादीसँग १३ सांसद रहेका छन् ।