२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल बन्यो



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । 

प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेपछि एमाले सानो दल भएको हो ।

सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आइतबार निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।

योसँगै अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ सांसद र एकीकृत समाजवादीसँग १३ सांसद रहेका छन् ।