३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्‍यो चट्टानको नमुना

मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्‍यो चट्टानको नमुना
अ+ अ-

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको जस्तो देखिएको छ। उक्त रोबटले 'रोशेट' नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालेको हो।

तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको सङ्केत देखिन्छ। गत महिना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो। यदि पर्सिभिअरन्स आफ्नो काममा सफल भएको रहेछ भने पृथ्वीबाहिर कुनै ग्रहबाट पृथ्वी ल्याउन चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ।

उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन वटाभन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ। यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना छ।

चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मङ्गल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरिरहेको छ। तर सफलता हात लागेकोमा उक्त संस्था विश्वस्त देखिएको छ।

'अझ निश्चित हुन राम्रो प्रकाश भएका थप केही तस्बिर चाहिन्छ,' रोभरका प्रमुख इन्जिनियर एडम स्टेल्ट्ज्नरले ट्वीट गरेका छन्। नासाको पर्सिभिअरन्स रोबटले गत फेब्रुअरी महिनामा मङ्गल ग्रहको जेजेरो क्र्याटरमा अवतरण गरेको थियो।

मङ्गल ग्रहको मध्यरेखाबाट २० डिग्री उत्तरमा अवस्थित उक्त खाडल गहिरो छ र ४५ किलोमिटर चौडा छ। त्यहाँ अर्बौँ वर्षअघि विशाल ताल भएको विश्वास गरिन्छ।

त्यसैले मङ्गल ग्रहमा जीवन अस्तित्वमा थियो भने जेजेरोको थेगरमा प्राचीन सूक्ष्मजीवको अंश भेटिन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
अवतरण गरिएको ठाउँबाट रोबट दुई किलोमिटरभन्दा केही पर गुडेर 'सिटडेल' नाम दिइएको डिलमा पुगेको छ।

सोही स्थानमा भएको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो। उक्त रोबटमा भण्डार गर्ने प्रणाली पनि छ। चट्टानमा प्वाल पारेर निकालिएको मानिसको औँलाजत्रो टुक्रा टाइटेनीअम ट्यूबमा राखिनेछ। नली आकारको उक्त भाँडोमा नमुना राखेर सील गर्नुअघि रोभरले त्यसको तस्बिर खिच्नेछ।

गत अगस्टमा यही चरणमा पहिलो पटक सङ्कलन गरिएको नमुना ट्यूबमा नभएको भेउ वैज्ञानिकहरूले पाएका थिए। प्वाल पार्ने क्रममा चट्टान धूलोपिठो भएर भुइँमा खसेको थियो।

गत बिहीवार पृथ्वीमा पठाइएका तस्बिरहरू देखेर नासाको टोली उत्साहित छ किनभने तिनले सङ्कलित नमुना भण्डार गर्न लगिएको भाँडोको मुखभित्र भएको सङ्केत देखाएका छन्।

थप तस्बिरले यसको पुष्टि गर्ने अपेक्षा वैज्ञानिकहरूको छ। त्यसपछि रोभरले नमुनालाई भित्री भागमा पूर्ण रूपमा प्रशोधन गर्नुपर्छ।

पर्सिभिअरन्सलाई त्यसको सानो हेलिकप्टर 'इन्जन्यूइटी' ले आफ्नो छायामा पार्न छोडेको छैन। सुरुमा प्रविधिको प्रदर्शन गर्न पठाइएको भए पनि उक्त ड्रोनलाई अहिले रोभरभन्दा अघिअघि मङ्ल ग्रहको भुइँको निरीक्षण गर्न नियमित रूपमा प्रयोग गरिन्छ। अहिलेसम्म इन्जन्यूइटीले १२ पटक उडान गरेको छ।