• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

यसरी प्रयोग गर्नुहोस् कवाडी सवारीसाधन, एक बस अनेक उपयोग !



एजेन्सी ।तपाईँ कुनै वस्तुको पुनर्प्रयोगमा विश्वास गर्नु हुन्छ वा कुनै सामान एक पटक प्रयोग गरेर फाल्ने चलनको आलोचक हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री रोचक हुन सक्छ।

बस सवारीसाधनको रूपमा सडकमा गुड्छ। निश्चित समयपछि त्यसको आयु सकिन्छ र त्यो कवाडी हुन्छ। तर उमेर सकिएका बसलाई कवाडीको चाङमा लगेर थुपार्नु पर्छ भन्ने छैन।

संसारभर मानिसहरू थोत्रा बसलाई परिमार्जनसहित नयाँ जीवन दिइरहेका छन्। गुड्न नसक्ने भएका बसहरू फरक कामका लागि प्रयोग भइरहेका छन्।

कसैले पुरानो बसमा घुम्ती रेष्टुँरा सञ्चालन गरेका छन् भने कसैले कक्षाकोठा वा शार्वजनिक शौचालय बनाएका छन्। यहाँ पुराना बसको प्रयोगका लागि सात उपाय दिइएको छ। 

माछाको प्रजनन स्थान
श्रीलङ्काले थोत्रिएका बसहरूलाई समुद्रमा फाल्दै आएको छ। अधिकारीहरूका अनुसार पानीमुनि ती बसहरूले नयाँ मुगा उम्रने स्थान बनाउँछन्।

साथै 'कोरल रीफ' भनिने मुगाहरूको बनोटमा धेरै प्रकारका माछाहरू प्रजनन हुने बताएका छन्।

भोजनालय
फ्रान्सजस्तो देशहरूमा नयाँ तरिका अपनाएर पर्यटक आकर्षित गर्ने प्रतिस्पर्धा नै हुन्छ।

आकर्षणका केन्द्रहरू हेर्नलाई बर्सेनि लाखौँ मानिस त्यहाँ पुग्ने गर्छन्।

केही पर्यटन व्यवसायीले ग्राहक आकर्षित गर्नकै लागि पुराना बसलाई भोजनालयमा रूपान्तरण गरेका छन्।

ग्राहकहरूले मीठो खान र आरामदायी यात्रासँगै संसार देख्न समेत पाउँछन्।

बसमै शौचालय
धेरै सहरहरूमा सार्वजनिक शौचालय भेट्नु साह्रै कठिन काम हो। त्यो अवस्थामा घुम्ती शौचालयहरूले निकै राहत दिलाउन सक्छन्।

भारतको पुनेमा थोत्रिएका बसहरूलाई नै शौचालय बनाएर विभिन्न ठाउँमा पुर्‍याइन्छ।

हैदराबादमा त अधिकारीहरूले नयाँ बसलाई नै शौचालय प्रयोजनमा प्रयोग गरेका छन्।

साङ्गीतिक एवं खेलकुदसम्बन्धी ठूला कार्यक्रमहरू आयोजना हुँदा घुम्ती शौचालय आवश्यक पर्छ। त्यसले सहर सफा राख्न मद्दत गर्छ।

बास बस्न बस
केही बसहरूमा सानोतिनो होटल नै सञ्चालित छन्। त्यस्ता बसहरूमा शुल्क तिर्ने ग्राहकका लागि नुहाउने लगायत अन्य सुविधा उपलब्ध हुन्छ।

बेलायतमा भने स्वयंसेवकहरूले पुराना बसलाई परिवर्तन गरी घरविहीनहरूका लागि रात कटाउने ठाउँ बनाएका छन्।

स्थानीय निकायको पहलमा सडक मानवलाई बास उपलब्ध गराइन्छ। ती बसहरूलाई 'आशा' नामकरण गरिएको छ।

स्थायी घर
केही मानिसका लागि भने बस अस्थायी बासस्थान मात्र नभई स्थायी घर बनेको छ। अमेरिकाको वासिङ्टनस्थित रेन्टनमा पाँच जनाको एउटा परिवार पुरानो बसमा बस्छ।

ब्रायन र स्टार्ला सुलिभनका अनुसार उनीहरू निकै महँगो रकम तिरेर भाडामा बस्दै आएका थिए। उनीहरूलाई आफ्नै एउटा घर आवश्यक थियो तर महँगीका कारण घर खरिद गर्नु सम्भव थिएन।

त्यस परिवारले २,८०० अमेरिकी डलर खर्चिएर पुरानो बस किन्यो। आवश्यक परिमार्जन र नवीकरणपछि उनीहरू तीन सन्तानसहित त्यसैमा बस्न थाले।

बसमै कक्षाकोठा

युद्धग्रस्त क्षेत्रमा बसहरू बालबालिकाको विद्यालयक रूपमा प्रयोग भएका छन्।

उत्तरपश्चिमी सिरियामा विद्यार्थीहरूले विद्यालय जानका लागि बस चढ्दैनन्। उनीहरूका लागि बस नै विद्यालय हो।

ती घुम्ती विद्यालयमा पाँचदेखि बाह्र वर्षका विद्यार्थीहरू आउँछन्। उनीहरू अरबी, गणित, विज्ञान, सङ्गीत र चित्रकला सिक्छन्।

घुम्ती पुस्तकालय
बसहरूमा पढ्ने ठाउँ पनि बनेका छन्। अफगानिस्तानलगायत केही देशमा बसमै पुस्तकालय खोलिएका छन्।

चक्का माथिका यी पुस्तकालय काबुलमा पनि छ। त्यहाँ बालबालिकाका लागि निःशुल्क पुस्तक उपलब्ध हुन्छन्।

ती बालसुलभ पुस्तकहरूको विद्यालयमा भने अभाव छ। 

(बीबीसी)