१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग

धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग
अ अ+ अ-

जनकपुरधाम । धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ को भन्दा बढी हो ।

यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुगेको र वाणिज्यतर्फको सङ्खया करिब ३३ हजार पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिनुभयो ।

यसअघि गत आव ०७७/०७८ मा उद्योगतर्फ एक हजार ८०४ र वाणिज्यतर्फ दुई हजार ६११ दर्ता भएको थियो । यसबाट रु दुई करोड ३८ लाख २० हजार ६०० राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव ०७८/०७९ मा उद्योगतर्फ ६६ वटा र वाणिज्यतर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र वाणिज्यतर्फ एक हजार २५९ वटाको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । आव ०७८/०७९ मा नयाँ उद्योग दर्तापश्चात् धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ ले रोजगारी पाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योमा सहजरुपले ऋण लगानी गर्न थालेका पछि कृषि तथा वन्यजन्य उद्योग खुल्ने क्रम बढेसँगै घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको उहाँको भनाइ छ ।