२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा भारतीय राष्ट्रपति मुर्मू विश्वस्त



भारतकी नवनिर्वाचित राष्ट्रपति द्राैपदी मुर्मु
अ+ अ-

काठमाडौं । छिमेकी राष्ट्र भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिनुभएको बधाई सन्देशको प्रतिउत्तरमा उहाँले आफू नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बिहीवार राति ट्वीटरमार्फत बधाई दिनुभएको थियो ।