काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानादेखी परेको अविरल बर्षाका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।
बाग्मती नदिमा आएको बाढीका कारण बल्खु तरकारी बजार डुबेको हो ।
उपत्यकामा मानिसहरुले नदि छेउछाउमा अतिक्रमण गर्दा बर्षेनी दुःख झेल्दै आएका छन् ।