• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु

गायक रामकृष्ण ढकालका काली र सयौं कारण सार्वजनिक



काठमाडौं । गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत रिलिज भएका हुन् । सयौं कारण, काली बोलका दुई गीत रिलिज भएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनु भयो । उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको बताउनु भयो । अहिलेको गीतको माग आइरहेको पनि बताउनु भयो ।

युट्युबमा काली गीत क्याची हुनसक्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

काली बोलको गीतको भिडियोमा कलाकारमा गायक रामकृष्ण ढकाल, नम्रता सापकोटा, दिपेश ढकालको मुख्य अभिनय छ भने संगीत दीपक शर्माले भरेका छन् । भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।