२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक रामकृष्ण ढकालका काली र सयौं कारण सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत रिलिज भएका हुन् । सयौं कारण, काली बोलका दुई गीत रिलिज भएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनु भयो । उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको बताउनु भयो । अहिलेको गीतको माग आइरहेको पनि बताउनु भयो ।

युट्युबमा काली गीत क्याची हुनसक्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

काली बोलको गीतको भिडियोमा कलाकारमा गायक रामकृष्ण ढकाल, नम्रता सापकोटा, दिपेश ढकालको मुख्य अभिनय छ भने संगीत दीपक शर्माले भरेका छन् । भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।