१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी रक्षामन्त्रीले नागरिकहरूलाई भने – रुसी सेनाको चालमा नजर राख्नुहोस्



अ+ अ-

एजन्सी । युक्रेनमा रुसको आक्रमण शुक्रबार पनि लगातार जारी छ । युक्रेनको राजधानी कीभमा बिहान ७ वटा ठूला विस्फोट गराइएको छ । 

मानिसहरू रातदेखि घर, सबवे, भूमिगत आश्रयमा लुकेर बसेका छन् । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको अभाव बनेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले नागरिकहरूलाई रुसी सैन्य उपकरणको आवतजावतबारे अद्यावधिक रहन आग्रह गरेको छ । साथै उनीहरुमाथि पेट्रोल बम प्रहार गर्न पनि भनेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमा प्रवेश गरेको दाबी गरेका छन् । रूसी ट्याङ्कहरू यहाँबाट मात्र ३२ किलोमिटर मात्र टाढा छन्। 

तिनीहरूलाई रोक्न, युक्रेनी सेनाले तीनवटा पुलहरू उडाएको बताइएको छ। जेलेन्स्कीले आगामी ९६ घण्टा अर्थात ४ दिनमा किभलाई रुसले कब्जामा लिने आशंका गरेका छन् । रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाएको उनी बताउँछन् । उनले रुसी नागरिकलाई यस युद्धको विरोध गर्न अपिल गरेका छन् ।