४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

चाँगुनारायण खरिपाटीमा निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

चाँगुनारायण खरिपाटीमा निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण
अ+ अ-

भक्तपुर । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो ।

गरिब तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनुपरेको देखेपछि स्थानीय बासिन्दाका लागि सहजरूपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजाराम खड्काले दिवङ्गत आमा झङ्ककुमारी खड्काको स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

निःशुल्क स्वास्थ्य सेवा कहिल्यै बन्द नगर्ने घोषणा गर्दै प्रतिष्ठानका अध्यक्ष खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् भनेर आमाको स्मृतिमा झङ्ककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरी विगत डेढ वर्षदेखि चाँगुनारायणका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको थियो, अब यो सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य सेवा र औषधि वितरण सुरु गरेका छौँ ।”

उहाँले अबदेखि दैनिक निःशुल्करूपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने जनाउँदै यसलाई अझै विभिन्न स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । हुनेले नहुनेका लागि सहयोग गर्न आह्वान गर्दै उहाँले सन्तोष भट्टराईले रु एक लाख ५० हजार बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको बताउनुभयो ।

अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाका रूपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाका रूपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाका रुपमा हेरेर सेवा लिइदिन सबैमा आग्रह गर्नुभयो । निःशुल्क स्वास्थ्य सेवा एवं औषधि वितरणको नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नुपर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आम नागरिक लाभान्वित हुने बताउनुभयो ।

त्यस्तै निःशुल्क सेवाका बारेमा स्थानीयवासी एवं बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएकामा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा लिँदा कांग्रेस, एमाले वा अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनुभयो ।

बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका सचिव यादव अधिकारीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पु¥याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिष्ठानले दैनिक डा अनिल त्यातमार्फत बिरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने र औषधि वितरण गर्ने व्यवस्था गरेको छ ।